+
+

एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १५:१२

३१ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीले एक वडा १०० संगठित सदस्य अभियान चलाउने भएको छ ।

अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी)मा एक वडा १०० संगठित सदस्य र एक हजार वार्टी सदस्य निर्माण गर्न अभियान चलाउने उल्लेख छ ।

साथै सबै जिल्लाले बढीमा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गरिसक्ने र पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउन भनिएको छ । हरेक प्रदेश र जिल्ला कमिटीलाई संगठन, प्रचार, पार्टी स्कुल र आर्थिक विभाग गठन गर्न समेत अपानीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?