+
+

दोलखामा ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १९:०४

३१ असोज, दोलखा । दोलखाको चरिकोटमा पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।

प्रदेश खेलकुद बिकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता कात्तिक १३ गते आयोजना हुने भएको हो ।

आईतबार दोलखा सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलनको आयोजना गरेर जिल्लाको प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध तथा रमणीय स्थल चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराईएको छ ।

प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले विश्वमा कतैपनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा प्रदेश सरकारले दोलखामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।

उनले दोलखामा हुने ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङको आयोजनाबाट यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा व्यक्त गरे । राष्ट्रिय रेस्लिङ प्रतियोगिताको आयोजना गरेर अर्को वर्ष अन्तराष्ट्रिय स्तरको ‘हाइ अल्टिच्युड’ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारको रहेको सदस्य सचिव भण्डारीले बताए ।

राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडल वेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा करीब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?