+
+

प्रिमियर लिगमा टोटनहम विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ११:३२

१ कात्तिक, काठमाडौं । प्रिमियर लिगमा टोटनहम हट्सपरले न्यूकासल युनाइटेडलाई ३-२ ले पराजित गरेको छ ।

खेलमा न्यूकासलले पहिले अग्रता लिए पनि टोटनहमले पुनरागमन गर्दै लगातार तीन गोल गरेको थियो ।

टोटनहमका लागि ट्याङ्गुए एडोम्बेले, ह्यारी केन र हेउन मिन सनले गोल गरे ।

न्यूकासलका लागि कलुम विल्सनले एक गोल गरे । टोटनहमका एरिक डाएरले एक आत्मघाती गोल गरेका थिए ।

जितपछि ८ खेलबाट १५ अंक जोडेर टोटनहम पाँचौ स्थानमा उक्लेको छ । न्यूकासल ८ खेलबाट ३ अंकसहित १९औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?