+
+

बार्सिलोनाको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते ११:२७

१ कात्तिक, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

क्याम्प नोउमा भएको खेलको पाँचौ मिनेटमै जोस गायाले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाएका थिए । तर बार्सिलोनाका लागि अंशु फातीले १३औं मिनेटमा बराबरी गोल गरे ।

४१औं मिनेटमा मेम्फिस डिपाएले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए । त्यसपछि ८५औं मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए ।

जितपछि ८ खेलबाट १५ अंक जोड्दै सातौं स्थानमा उक्लेको छ । भ्यालेन्सिया ९ खेलबाट १२ अंकसहित नवौं स्थानमा छ ।

ला लिगाकै अन्य खेलमा सेभियाले सेल्टाभिगोलाई १-० ले र रायो भालेकानोले एल्चेलाई २-१ ले पराजित गरेको छ । सेभिया १२ खेलबाट १७ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । रायो भालेकानो ९ खेलबाट ९ खेलबाट १६ अंकसहित छैटौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?