काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा डच क्लब अयाक्सले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई ४-० ले पराजित गरेको हो ।
समूह सी मा अयाक्सको यो लगातार तेस्रो जित हो ।
घरेलु मैदानमा अयाक्सलाई जिताउन डेले ब्लाइन्ड, एन्टोनी र सेबास्टिएन हेलरले एक एक गोल गरे ।
डर्टमण्डका मार्को रिउसले एक आत्मघाती गोल गरे ।
शतप्रतिशत जितपछि अयाक्स तीन खेलबाट ९ अंक जोडेर
समूह सी को शीर्ष स्थानमा छ ।
डर्टमण्ड ६ अंकसहित दोस्रो स्थानमा छ ।
यसै समूहको अर्को खेलमा स्पोर्टिङ सिएफले बेसिमटासलाई ४-१ ले पराजित गर्दै पहिलो तीन अंक जोडेको छ ।
प्रतिक्रिया 4