+
+

के हो ग्लुटेन ? किन यो स्वास्थ्यका लागि हानिकारक छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १३:४८

अहिले धेरैले चामलको विकल्पमा गहुँको रोटी खाने गर्छन् । कतिपय रोगको कारण होस् वा तौल घटाउने चक्करमा, रोटी उपयुक्त हुने बुझाई धेरैको छ । यद्यपि गहुँको रोटी एवं गहुँको पिठोबाट बनेको परिकार वास्तवमै लाभदायक हुन्छ त ?

किनभने गहुँ धेरै मानिसले प्रयोग गर्ने अन्न हो । यसले २० प्रतिशत भन्दा धेरै उर्जा र पोषकतत्वको आपूर्ती गर्छ । सदियौंदेखि खाँदै आएको गहुँको रोटीमा यस्तो घातक कुरा के हुन्छ त ?

खासमा यसमा हुने घातक पदार्थ भनेको ग्लुटेन नामक एक प्रकारको प्रोटिन हो । ग्लुटेन गहुँ, जौ, रायोमा पाइन्छ र यी अन्नबाट बन्ने सबैप्रकारका परिकारहरुमा ग्लुटेन हुन्छ ।

ग्लुटेन फ्रि खानेकुरा कसले खाने ?

जुन अनाजमा ग्लुटेन प्रोटिन पाइँदैन त्यसको आँटालाई मुछेर रोटी बनाउन कठिन हुन्छ । ग्लुटेन सेलिएक रोगबाट पिडित मानिसहरुको लागि धेरै नै खतरनाक हुन्छ ।

सेलिएक रोगबाट पिडित मानिसहरुले गहुँको रोटी खानाले ग्यास्ट्राइटिस, पेट दुख्ने, आन्द्रा सुन्निने, झाडापखाला, वान्ता, माइग्रेन र जोर्नीहरुको दुखाई जस्ता समस्या उत्पन्न हुन्छ ।

सेलिएक रोगले सिधै सानो आन्द्राको पाचनक्रियालाई प्रभावित गर्छ । चिकित्सकहरुकाअनुसार सेलिएक रोग एक उपचार गर्न नसकिने रोग हो जसबाट बँच्नको लागि गहुँबाट बनेको खानेकुरा खान प्रतिबन्ध गर्नु नै एकमात्र उपाय हो ।

यसै कारण आजकाल बजारमा ग्लुटेन फ्रि आँटा पनि पाइन थालेको छ । जसलाई सेतो चामलको आँटा, आलुको स्टार्च, नुन आदी मिसाएर बनाइन्छ ।

चिकित्सकहरु सेलिएक रोगबाट गहुँबाट हुने रोगबाट बँच्न कालो चना, मकै, तिल, चामल, कोदो, भट्मास, बदाम, ओखर, पेस्ता आदि बाट बनेका खानेकुराहरु खाने सल्लाह दिन्छन् ।

ग्लुटेन फ्रि खानेकुराले तपाईको सिस्टमबाट ग्लुटेन निकाल्म मद्धत गर्छ । यसले ग्लुटेनको कारणले हुने खालको नोक्सानबाट तपाईको सानो आन्द्रालाई आराम दिन्छ । तपाईमा सेलिएक रोगको कत्तिको समस्या छ त्यसको गम्भिरता अनुसार तपाईलाई ग्लुटेन फ्रि खानेकुराले राम्रो गर्न समय लाग्छ ।

सेलिएक रोग के हो ?

यो एक वंशाणुगत रोग हो । यसबाट पिडित मानिसहरुलाई गहुँ, जौको पिठोमा पाइने ग्लुटेन नामक प्रोटिनबाट एलर्जी हुन्छ । यी जीजहरुबाट बन्ने पदार्थहरु पिडित मानिसहरुले पचाउन सक्दैनन् ।

ग्लुटेनबाट हुने एलर्जीले विशेषगरि आन्द्रालाई प्रभावित गर्छ । यो रोग मुख्य रुपमा बच्चाहरुमा हुन्छ । समयमा उपचार नगराएमा यो रोगले ठूलो भएपछि पनि सताइरहन्छ र गाह्रो बनाइन्छ ।

यसको मुख्य लक्षणमा पेट फुल्ने र बच्चाको विकास रोकिने रहेको छ । त्यस्तै एनिमिया, रिकेट्स, कद छोटो हुने र शरिर कमजोर हुने पनि यो रोगको लक्षण हुन सक्छ । रोग लामो समयसम्म पनि रहिरहेमा आन्द्राको क्यान्सर अर्थात लिम्फोमाको खतरा हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?