+
+

डेढ महिनापछि भयो सीता भण्डारीको अन्त्येष्टी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ कात्तिक ३ गते १५:३१

३ कातिक, बुटवल । गत भदौ २० गते बिहान घरमै मृत अवस्थामा फेला परेकी रुपन्देहीको मणिग्रामककी सीता भण्डारी पौडेलको डेढ महिनापछि अन्त्येष्टी भएको छ ।

माइती पक्षले सीताको हत्या भएको दावी गर्दै शव बुझ्न र अन्त्येष्टी गर्न मानेका थिएनन् । पोष्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट देखाएको थियो । यसै विषयलाई लिएर एक महिनासम्म सडक आन्दोलन नै चर्केको थियो ।

प्रहरीले सीताका पति टीका पौडेल, जेठाजु तिलोत्तमा– ५ का वडा सदस्य हरि पौडेल र आमाजू विष्णुलाई पुर्पक्षका लागि थुनामा राखेको थियो ।

पौडेल परिवारले माइती पक्षलाई विवाह गर्दा लागेको १० लाख र एक लाख सापटीसहित ११ लाख रुपैयाँ दिने सहमतिपछि सीताको अन्त्येष्टि गर्न माइती पक्ष सहमत भएका हुन् । सीताको बुटवलको मगरघाटमा बुधबार अन्तेष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

आगामी दिनमा अदालती प्रक्रियामा कुनै हस्तक्षेप हुने गरी आन्दोलन नगर्ने सहमति भएको छ । घटनाको केन्द्रीय अनुसन्धान ब्युरोले समेत अनुसन्धान गरेको थियो ।

सीताले मोबाइलमा ‘सुसाइड नोट’ लेखेको भेटिएको सीआईबीको दावी छ । माइती पक्षले भने उक्त ‘सुसाइड नोट’ लाई बनावटी भन्दै आएको छ ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?