+
+

कपिलवस्तुमा सिद्धार्थ हस्पिटालिटीको सेवा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १८:२१

३ कात्तिक, काठमाडौं । सिद्धार्थ हस्पिटालिटीले कपिलवस्तुस्थित लुम्बिनीग्रीन रिर्सोट सँग व्यवसायीक साझेदारी गरी सेवा शुरु गरेको छ ।

कपिलवस्तुको चन्रौटा बजार क्षेत्रमा खोलिएको उक्त रिर्सोट तीन बिगाहा क्षेत्रफलमा ५० करोड लगानी गरी निमार्ण भएको हो । रिर्सोटमा ३६ वटा अत्याधुनिक सुविधायुक्त कोठा, तालिम र पार्टीका लागि ३ वटा फरक फरक क्षमता भएका हल उपलब्ध रहेको कम्पनीले जनाएको छ । रेष्टुरेन्ट, बार, फुड कोर्ट, जिम, स्पा, सोैना, प्राइभेट डाइनिङ हल, वाटर पार्क, बालउद्यान, स्विमिङ पुल र पार्किङसहित २२ विगाहा क्षेत्रफलमा फैलिएको माछा पोखरीको बिचमा रिर्सोट निर्माण गरिएको छ । पोखरीमा लाइभ फिसिङ, मोटर बोटिङ, वाटर डान्सिङ फिसका साथै आफ्नै अर्गानिक फार्ममा उत्पादन गरिएका माछाका परिकारमा समेत रमाउन सकिने भएको छ ।

रिर्सोटले पश्चिम नेपालका प्रमुख पर्यटकिय क्षेत्र र लुम्बिनीदेखि भारतको गोरखपुरका भारतीय पर्यटकलाई नेपाल भ्रमणमा प्रोत्साहित गर्ने होटलका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।हस्पिटालिटी क्षेत्रमा निरन्तर सेवा विस्तार गरिरहेको सिद्धार्थ हस्पिटालिटीले अब आफ्नो सेवा २४ स्थानमा पुर्‍याएको छ ।

नेपालको विभिन्न ठाउँमा होटल, रेष्टुरेन्ट, रिर्सोट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसाय यस समुहले चलाइरहेको छ ।

कैलालीको टिकापुर, कर्णालीकै चिसापानी, महेन्द्रनगर, नेपालगञ्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार, काठमाडौंको बौद्ध, बानेश्वर, धोबीघाट, तीनकुने, सुन्धारा, झापाको विर्तामोड, लगायतका स्थानहरुमा २४ वटा शाखा पुगेको कम्पनीले जनाएको छ ।

ग्रुपले देशका अन्य प्रमुख शहरहरुमा पनि व्यवसाय विस्तारको तयारी गरिरहेको बताएको छ । सिद्धार्थ ग्रुपले नेपालगञ्जमा चार तारे होटल सञ्चालन गरी रहेको छ । भैरहवामा पाँचतारे होटल सञ्चालनको तयारीमा छ । पर्यटकीय स्थल इलामको फिक्कल र जुम्लामापनि सिद्धार्थले आफ्नो सेवा–विस्तार गर्न लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?