+
+

प्रधानमन्त्री देउवा सुदूरपश्चिमको भ्रमणमा, यस्तो छ पूर्वनिर्धारित कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते ८:५१
फाइल तस्वीर

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम गएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ ।

उनी आज नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था अवलोकन गर्ने छन् ।

ढुंगाडबाट डडेलधुरा सदरमुकाम पुगेर उनले खाना खानेछन् । दहस्थित सैनिक ब्यारेकमा खाना खाएर ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम तय भएको छ ।

जोगबुढाबाट उनी कञ्चनपुरको महेन्द्रनगर जाने छन् । महेन्द्रनगरको सैनिक ब्यारेकमा ब्रिफिङ सुनेपछि बह्मदेवको अवलोकन गर्ने छन् । त्यहाँबाट दोधारा-चाँदनी हुँदै उनी कैलालीको धनगढी पुग्ने कार्यक्रम तय भएको छ ।

धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?