+
+

अब म पार्टीको नेतृत्व गर्छु : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १२:१९

४ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आसन्न पार्टी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने दोहोर्‍याएका छन् । उनले पार्टीलाई विधिसम्मत र संस्थागत रुपले सञ्चालन गर्न सक्ने नेतृत्वको खाँचो औंल्याउँदै आफू सभापतिमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।

बिहीबार धादिङमा पार्टीको धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा पूर्वमहामन्त्री सिंहले कांग्रेसमा आफ्नो परिवारले त्याग मात्रै गरेको उल्लेख गर्दै १४ औं महाधिवेशनमा सभापतिमा दावी गरेका हुन् ।

‘गणेशमानको परिवारले सधैं त्याग मात्रै गरेको छ । अब म पार्टीको नेतृत्व गर्छु,’ उनले भने, ‘म गणेशमानको छोरा भएर मात्रै राजनीतिमा आएको होइन । मेरो आफ्नै छुट्टै संघर्ष छ । यहाँसम्म आइपुग्दा धेरै अवरोधहरुको समाना गरेको छु ।’ उनले आफू अन्य क्षेत्रमा असफल भएर राजनीतिमा नआएको पनि उल्लेख गरे ।

नेता सिंहले अहिलेको पार्टी नेतृत्वका कारण कांग्रेस कमजोर भएको आरोप लगाए । पार्टीलाई विधिसम्वत र संस्थागत रुपमा नेतृत्वले अगाडि नबढाएको उनको आरोप छ । पटक पटक कार्यतालिका संशोधन गर्दा पनि महाधिवेशन गर्न नसकेको भन्दै उनले पार्टी नेतृत्वको आलोचना गरे ।

‘महाधिवेशन पनि गर्न नसक्ने पार्टीले कसरी देश चलाउँछ भनेर जनताले प्रश्न गर्न थालिसके,’ उनले भने, अब तोकिएकै समयमा महाधिवेशन हुनुपर्छ । कुनै बहानाबाजी गर्न पाइदैन ।’

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९-१३ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ तर कतिपय जिल्लामा वडा अधिवेशन नै सुरु हुन नसक्दा कांग्रेस महाधिवेशन निर्धारित मितिमा हुनेमा आशंका हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?