+
+

दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कार पत्रकार मदन चौधरीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १८:४५

५ कात्तिक, काठमाडौं । पत्रकार मदन चौधरीलाई दिलीप चौधरी स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शुक्रबार सप्तरीको सप्तकोशी नगरपालिकास्थित गंगाजलीमा दिलीप स्मृति प्रतिष्ठानले कार्यक्रमको आयोजना गरी पत्रकार चौधरीलाई उक्त पुरस्कारबाट सम्मानित गरेको हो ।

पुरस्कारको राशी ११ हजार रुपैयाँ रहेको छ । प्रतिष्ठानका अध्यक्ष राजकुमार लेखी र नेकपा एमालेकी नेतृ शान्ता चौधरीले पत्रकार चौधरीलाई नगद तथा प्रमाणपत्र हस्तान्तरण गरे ।

चौधरीले डेढ दशकदेखि पत्रकारिता गर्दै आएका छन् ।

कार्यक्रममा सप्तरीमा रहेर पत्रकारिता गर्दै आएका नवीन गुप्ता र वृजमान तामाङलाई पनि पुरस्कृत गरिएको थियो ।

सप्तरीको फत्तेपुरमा जन्मिएका दिलीप चौधरी २०४२ सालमा देशव्यापी रुपमा भएको बम काण्डको आरोपमा पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनको हत्या भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?