+
+

टी-२० विश्वकप : आयरल्याण्डलाई हराउँदै नामिबिया सुपर १२ मा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १९:५९

५ कात्तिक, काठमाडौं । आयरल्याण्डलाई पराजित गर्दै नामिबिया आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ । पहिलो चरणअन्तर्गत शुक्रबार भएको समूह ए को खेलमा नामिबियाले आयरल्याण्डलाई ८ विकेटले पराजित गरेको हो ।

नामिबियाको जितमा कप्तान जेराई एरासमसले अर्धशतक बनाउँदा डेभिड विजाले अलराउण्ड प्रदर्शन गरे । पहिलो पटक टी–२० विश्वकप खेलिरहेको नामिबिया समूह चरणमा दुई खेल जित्दै टेष्ट राष्ट्रहरु समावेश सुपर १२ मा पुगेको हो ।

टेष्ट राष्ट्रलाई हराएपछि एशोसिएट राष्ट्र नामिबियाले ऐतिहासिक उपलब्धि हासिल गरेको छ । पहिलो चरणको समूह ए मा दोस्रो भएको नामिबिया सुपर १२ मा ग्रुप २ मा परेको छ । जहाँ भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तानसँगै पहिलो चरणको समूह बी बाट छनोट भएको स्कटल्याण्ड छन् ।

आयरल्याण्डले दिएको १२६ रनको लक्ष्य नामिबियाले ९ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गर्‍यो ।

कप्तान जेरार्ड एरसमसले ४९ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा अविजित ५३ रन बनाए । डेभिड विजाले १४ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २८ रन जोडे । विकेटकिपर जान ग्रीनले २४ र क्रेग विलियम्सले १५ रन बनाए । आयरल्याण्डका कर्टिस क्याम्परले २ विकेट लिए ।

त्यसअघि शारजहाँमा टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?