
६ कात्तिक गुल्मी । दशैँपछि सेवा सुरु भएसँगै जिल्ला प्रशासन कार्यालयमा गुल्मीमा नागरिता र राहदानी लिनेहरूको भीड लाग्न थालेको छ ।
चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु च्ााडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको हो ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा अन्य समयमा दैनिक ३० देखि ५० जनाले नयाँ नागरिता र २० जनाभन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । तर दशैंपछि कार्यालय खुलेपछि एकै दिन १०० जना बढीले नयाँ नागरिता बनाउने गरेको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए ।
सेवाग्रही बढेकै बेलामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा दुई जना प्रशासकीय अधिकृतमध्ये एक जना बिरामी बिदामा बसेकाले जनशक्ति अभाव भएको छ ।
गुल्मी जिल्लामा जति नयाँ नागरिकता बन्छन्, त्यसको ३५ प्रतिशत भन्दा धेरै प्रतिलिपि बन्ने गरेको तथाङक रहेको छ ।
नागरिकताको प्रतिलिपि बनाउनेको संख्या बढ्दै जादा यसले अन्य सेवाग्राही र सेवा दिने कर्मचारीलाई समेत प्रभावीत पारीरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
प्रतिक्रिया 4