+
+

टी-२० विश्वकपमा अष्ट्रेलियाको विजयी सुरुवात

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते २०:३६

६ कात्तिक, काठमाडौं । अष्ट्रेलियाले आईसीसी टी-२० विश्वकपमा विजयी सुरुवात गरेको छ । शनिबार भएको सुपर १२ को ग्रुप १ को खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो । जितपछि अष्ट्रेलियाले २ अंक जोडेको छ ।

दक्षिण अफ्रिकाले दिएको ११९ रनको लक्ष्य अष्ट्रेलियाले १९.४ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले सर्वाधिक ३५, मार्कुस स्टोइनिसले १६ बलमा ३ चौका प्रहार गर्दै अविजित २४, म्याथ्यु वेडले १० बलमा अविजित १५ रन बनाए । स्टोइनिस र वेडले छैटौं विकेटका लागि अविजित ४० रनको साझेदारी गरे ।

दक्षिण अफ्रिकाका एनरिक नोर्किअले २ तथा कागिसो रबाडा, केसभ महारेज र ताबरेज शाम्सीले समान १ विकेट लिए ।

अबुधाबीमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि एइडन मार्क्रेमले सर्वाधिक ४० रन बनाए । कागिसो रबाडाले अविजित १९ रन बनाए ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोस हाजेलउड र एडम जाम्पाले २-२ विकेट लिए । ग्लेन म्याक्सवेल र प्याट कमिङ्सले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?