+
+

भेट्रान्स फुटबल : आर्मीको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते २०:४२

६ कात्तिक, काठमाडौं । फुटबलर्स मिसन टुगेदरको आयोजनामा शनिबार शुरु मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी भेट्रान्सले विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७-१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

आर्मीको जितमा विकर्ण श्रेष्ठले ह्याट्रिक गरे । यस्तै हरि महतो, राजु तामाङ, जनमत कार्की र चक्र तामाङले एक-एक गोल गरे । फुटबल फेलोसिपका लागि नन्दनाथ खड्गीले एक गोल फर्काए ।

यस्तै दोस्रो खेलमा भनीमण्डल स्पोर्टिङ क्लबले पनि न्युरोड टिम (एनआरटी) लाई २-० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । भनीमण्डलका लागि विजय श्रेष्ठ र कृष्ण मालाकारले गोल गरे ।

तेस्रो खेलमा भने फ्रेन्ड्स क्लब भेट्रान्स र एसएनकेसीले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । फ्रेण्ड्सका लागि तेज थापा र मनोज लामाले गोल गरे भने एसएनकेसीका लागि बालगोपाल साहुखल र राजेश मालीले गोल गरे ।

प्रतियोगितामा कूल २१ टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता दोस्रो चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?