+
+

सर्लाहीमा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु   

रासस रासस
२०७८ कात्तिक ७ गते ७:१२

७ कात्तिक, मलङ्गवा । सर्लाहीमा शनिबार बेग्लाबेग्लै दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुई जनाको र एक बालकलाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ईश्वरपुर नगरपालिका-१५ सुकनाहामा ट्य्बेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा ब्रहम्पुरी गाउँपालिका-७ मोहनगङ्जका २८ वर्षीया पपितादेवी साहको मृत्यु भएको ब्रहम्पुरी कार्यपालिका सदस्य ललन साहले जानकारी दिए ।

यसैगरी करेन्ट लागेर नै ब्रहम्पुरी-२ का ४० वर्षीय सुरेन्द्र साहको मृत्यु भएको सो कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । विद्युतीय पोलमा वाइफाईको तार जोड्न जाँदा साहलाई शनिबार साँझ करेन्ट लागेको थियो ।

यसैबीच बागमती नगरपालिका-५ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा बागमती-८ का १४ वर्षीय बालक प्रकाशबहादुर थिङको शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?