+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:३५

७ कात्तिक, काठमाडौं ।  भक्तपुरमा मोटरसाइकल र मिनी ट्रक ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रदेश नं ३-०२-०१७ प ७९४२ नं को मोटरसाइकलमा सवार चाँगुनारायण नगरपालिका-५ छालङका सुरज तामाङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा अन्नपूर्ण शनिबार साँझ न्यूरो अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलका चालक चाँगुनारायण-५ का १९ वर्षीय महेश्‍वर खड्का सामान्य घाइते छन् । उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका-१ स्थित यती कार्पेट नजिकबाट सल्लाघारीतर्फ जाँदै गरेको मोटरसाइकल चोङ्गा गणेश मोटर पार्ट्स ग्यारेजबाट मुख्य सडकमा निस्किदै गरेको प्र.नं. ३-०१-००३ क. ५०६५ नं. को मिनी ट्रकसँग ठोक्किएको थियो ।

ट्रक चालक भक्तपुर नगरपालिका-१० कमलविनायक महालक्ष्मीका ३३ को लक्ष्मी प्रसाद दुवाललाई प्रहरीले नियन्त्रणम लिएको छ ।

दुर्घटना असावधानिबस भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?