+
+

पर्सिदेखि गोला प्रथाबाट पेशी तोक्ने प्रधानन्यायाधीशको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १४:३४

७ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सर्वोच्च अदालतमा मंगलबारदेखि परीक्षणका रुपमा गोलाप्रथाबाट पेशी तोक्ने बताएका छन् ।

नेपाल बार एशोसिएसनका पदाधिकारीहरुसँग आइतबार भएको भेटमा उनले पर्सि (मंगलबार) देखि केही मुद्दामा नमुनाको रुपमा गोला प्रथाबाट पेशी तोक्ने बताएका बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

अदालतको विकृति, विसंगति र भ्रष्टाचार अन्त्यका लागि सुझाव दिन न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वमा गठित समितिले स्वचालित पद्धति (अटोमेसन) बाट मुद्दाको पेशी व्यवस्थापन गर्न र अटोमेसनमा नजाँदासम्म गोला प्रथाबाट पेशी तोक्न सुझाव दिएको थियो ।

तर प्रधानन्यायाधीशले गोला प्रथाबाट पेशी तोक्न आनाकानी गरेको भन्दै विरोध भइरहेको थियो । बारका महासचिव पौडेलले प्रधानन्यायाधीश जबराले सम्भवत: मंसिरदेखि अटोमेसनमा लैजाने बताएको जानकारी दिए ।  उनले अघि भने, ‘जानुपर्ने त अटोमेसन हो । तर तत्काल गोलाप्रथामा गयौं भने अधिकांश विषय हटेर जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?