+
+

इन्टरनेटको भविष्य भनिएको मेटाभर्स के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १५:२५

७ कात्तिक, काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले मेटाभर्सको विकासका लागि युरोपमा १० हजार कर्मचारी भर्ना गर्ने घोषणा हालै गरेको छ ।

मेटाभर्स एक अवधारणा हो, जसलाई धेरै मानिसहरुले इन्टरनेटको भविष्य पनि भनिरहेका छन् । आखिर वास्तवमा मेटाभर्स के हो त ?

के हो मेटाभर्स ?

आम मानिसहरुलाई लाग्न सक्दछ कि मेटाभर्स भनेको भर्चुअल रियालिटीकै परिस्कृत रुप हो । तथापि कतिपय मानिसहरु भने यसलाई इन्टरनेटको भविष्य मान्दछन् ।

वास्तवमा कतिपयले असीको दशकका भद्दा फोन र हालका अत्याधुनिक स्मार्टफोनको जस्तै भर्चुअल रियालिटी र मेटाभर्सलाई तुलना गर्ने गर्दछन् ।

मेटाभर्समा सबै खालका डिजिटल वातावरणलाई जोड्ने भर्चुअल संसारमा प्रवेश गर्नका लागि कम्प्युटरको ठाउँमा केवल हेडसेटको प्रयोग गर्न सकिन्छ ।

वर्तमान समयमा भर्चुअल रियालिटीको अधिकतर प्रयोग गेमिंगमा हुने गरेको छ । तथापि यो भर्चुअल संसारको उपयोग व्यवहारिक रुपमा कुनैपनि कामका लागि हुन सक्दछ । जस्तै : काम, खेलकुद, संगीत कार्यक्रम, चलचित्र तथा घुमफिर आदि ।

फेसबुक की तकनीक.

अधिकांश मानिसहरुको धारणा के छ भने मेटाभर्समा हामीसँग आफ्नै प्रतिनिधित्व गर्ने एक थ्रीडी अवतार हुनेछ ।

तथापि अहिलेसम्म मेटाभर्स केवल एक अवधारणाको रुपमा मात्रै छ । त्यसैले यसको कुनै मान्य परिभाषा छैन ।

अचानक यो किन ठूलो विषय बन्यो ?

डिजिटल संसार तथा अग्मेन्टेड रियालिटी (वास्तविक संसार देखाउने उन्नत डिजिटल प्रविधि) लाई लिएर हरेक केही वर्षमा व्यापक प्रचार हुने गरेको छ, तर केही समयपछि त्यो हराउँदछ ।

यद्यपि धनाढ्य लगानीकर्ता तथा ठूला प्रविधि कम्पनीहरु मेटाभर्सलाई लिएर निकै उत्साहित छन् । मेटाभर्स इन्टरनेटको भविष्य नबनोस् भन्ने चाहना कसैमा पनि देखिँदैन ।

भर्चुअल रियालिटी गेमिंग तथा कनेक्टिभिटीमा पर्याप्त प्रगति भएसँगै अहिले बल्ल यस्तो महसूस हुँदैछ कि प्रविधि जगत पहिलोपटक त्यस ठाउँमा पुगेको छ जहाँ त्यो पुग्ने अपेक्षा गरिएको थियो ।

फेसबुक किन संलग्न छ ?

फेसबुकले मेटाभर्सलाई आफ्ना अहम प्राथमिकताहरुमध्ये एक बनाएको छ ।

कतिपय जानकारहरुका अनुसार फेसबुकले आफ्नो ओकुलस हेडसेटका माध्यमबाट भर्चुअल रियालिटीको क्षेत्रमा भारी लगानी खन्याएको छ । जसका कारण यो हेडसेट उसका प्रतिद्धन्दी कम्पनीहरुको तुलनामा सस्तो छ । यद्यपि सस्तो हुनु फेसबुकका लागि घाटा नभएको होइन ।

फेसबुकले सोसल ह्यांगआउट र कार्यक्षेत्रका लागि भर्चुअल रियालिटीका विभिन्न एपहरु निर्माण गरिरहेको छ । त्यसमा वास्तविक संसारसँग जोडिने एपहरु पनि रहेका छन् ।

फेसबुक

प्रतिद्वन्द्वीहरुलाई खरीद गरेर निल्ने फेसबुकको इतिहासका बाबजुत फेसबुकको दाबी के छ भने मेटाभर्स यस्तो चिज हो जसलाई कुनै एउटा कम्पनीले रातारात बनाउन सक्दैन । त्यसकारण यस क्षेत्रमा मिलेर काम गर्ने वाचा फेसबुकले गरेको छ ।

फेसबुकले हालै गैर नाफामूलक समूहहरुलाई जिम्मेवारी पूर्वक मेटाभर्स तयार गर्नमा सहयोगका लागि ५ करोड डलरको लगानी गरेको छ । यद्यपि मेटाभर्सको अवधारणालाई यथार्थमा पूर्ण आकार दिनका लागि १० देखि १५ वर्ष लाग्नेछ ।

मेटाभर्समा अरु कस्को रुची छ ?

फोर्टनाइट गेम निर्माता कम्पनी एपिक गेम्सका प्रमुख टिम स्वीनी लामो समयदेखि मेटाभर्सका बारेमा आफ्नो विश्वासका विषयमा चर्चा गरिरहेका छन् ।

यो कम्पनीले आफ्ना कम्प्युटर गेमका माध्यमबाट दशकौँ पहिलेको अन्तरक्रियात्मक संसारलाई शेयर गरेको छ । त्यो मेटाभर्स होइन, तथापि दुबैका विचारहरुमा केही समानता छन् ।

पछिल्ला केही वर्षमा फोर्टनाइटले आफ्ना प्रडक्टहरुको विस्तार गरेको छ । यसले आफ्नो डिजिटल संसारभित्र संगीत कार्यक्रहरु, ब्राण्ड इभेन्ट्स आदिको आयोजना गरेको छ । यसबाट कैयन् मानिसहरु निकै प्रभावित भएका छन् र टिम स्वीनीको मेटाभर्स अवधारणाले चर्चा कमाएको छ ।

एपिक गेम्स

गेम निर्माता अन्य कम्पनीहरु पनि मेटाभर्सको विचारसँग नजिकिरहेका छन् । उदाहरणका लागि रोबलक्स । यो ठूलो इकोसिस्टमसँग आबद्ध हजारौँ व्यक्तिगत गेमको लागि एक प्लाटफर्म हो ।

यसबीच थ्री डीको विकास गर्ने प्लाटफर्म युनिटीले आफ्नो डिजिटल ट्विन्स (वास्तविक संसारको डिजिटल कपी) मा लगानी गर्दैछ । त्यस्तै ग्राफिक्स निर्माता कम्पनी एनभिडियाले आफ्नो ओमनिभर्सको विकास गरिरहेको छ । कम्पनीका अनुसार यो थ्री डी भर्चुअल संसारलाई जोड्ने एक प्लाटफर्म हो ।

मेटाभर्स केवल गेमसँग मात्र सम्बन्धित छ त ?

यस्तो होइन । मेटाभर्सलाई लिएर भलै विभिन्न थरी धारणा छन् तर अधिकांसको बुझाइ के छ भने यसको विचार मूल रुपमा समाज र मानिसलाई जोड्नेसँग सम्बन्धित छ ।

उदाहरणका लागि फेसबुकले आफ्नो वर्कप्लेस नामक भर्चुल रियालिटी मिटिंग एप तथा होराइजन्स नामक सोसल स्पेसलाई लिएर प्रयोग गरिरहेको छ । यी दुबैले उसको भर्चुअल अवतारको उपयोग गर्दछन् । भर्चुअल रियालिटीको एक अर्को एप भिआर च्याट पूर्ण रुपमा अनलाइन ह्यांगआउट र च्याटिंगका लागि तयार गरिएको छ ।

आफ्नो आसपासको दुनियासँग जोड्ने तथा मानिसहरुसँग भेट्ने बोहेक यसको अरु कुनै लक्ष्य तथा उद्देश्य छैन ।

फ़ेसबुक, वर्कप्लेस, वर्चुअल रियलिटी मीटिंग ऐप

यसमा अन्य विभिन्न एपहरु पनि आउनेवाला छन् । टिम स्वीनीले हालै वाशिंगटन पोष्टमा भनेका छन्, ‘यसले एक यस्तो संसारको कल्पना गरिरहेको छ जहाँ कार बनाउने कुनै कम्पनी आफ्नो नयाँ मोडलको प्रचार गरोस् । अनि जब निर्मित कारलाई भर्चुअल संसारमा राखिन्छ तब तपाइँले त्यो कारलाई चारैतर्फ चलाएर जाँच्न सक्नुहोस् ।

त्यस्तै अनलाइनमा किनमेल गर्दा पहिले आफुले किन्न लागेका कपडालाई डिजिटल रुपमा प्रयोग गरेर हेर्न सकियोस् । जब आफुलाई सुहाउँछ तब मात्र किन्न पाइयोस् ।

के मेटाभर्सको प्रविधि आइसकेको हो ?

पछिल्ला केही वर्षहरुमा भर्चुअल रियालिटीले एउटा लामो बाटो तय गरिसकेको छ । अहिले यो प्रविधिमा उच्च गुणस्तरीय हेटसेट आएको छ । यसबाट हाम्रो आँखाले भर्चुअल संसारका चिजहरुलाई थ्री डी मा देख्न सक्दछ । अहिले यो निकै लोकप्रिय बनिसकेको छ । सन् २०२० को क्रिसमसको समयमा बजारमा आएको ओकुलस क्वेस्ट २ भिआर गेमिंग हेडसेट निकै लोकप्रिय रह्यो ।

नन फंगिबल टोकन अर्थात् एनएफटीबाट डिजिटल उत्पादनका मालिकहरुलाई विश्वासका साथ ट्रयाक गर्न मार्गप्रसस्त भएको छ । यो तिव्र रुपमा लोकप्रिय बनेसँगै भर्चुअल अर्थतन्त्रमा काम गर्ने तरिका अब थाहा हुनसक्दछ ।

ओकुलस क्वेस्ट 2 वीआर हेडसेट

डिजिटल संसार अझै उन्नत हुनका लागि तिव्र गतिको, निरन्तर तथा धेरै मोबाइल कनेक्टिभिटी हुनु आवश्यक छ ।

फाइभ जी आएसँगै त्यो अपेक्षा पनि पूरा हुने विश्वास छ ।

यद्यपि मेटाभर्सको विकास अहिले सुरुवाती चरणमै छ । तथापि मेटाभर्सको विकास यदि सम्भव भयो भने आउँदो दशक र त्यसपछि पनि प्रविधि कम्पनीहरुबीच यसका लागि गज्जबको प्रतिस्पर्धा देख्न पाइनेछ । बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?