+
+

पक्राउ परेका कार्यकर्ता रिहाईको माग गर्दै जनमत पार्टीद्वारा आन्दोलन घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १८:३६

७ कात्तिक, जनकपुरधाम। आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा दायर गरेको र पार्टी कार्यालयमा आक्रमण गर्नेलाई छाडेको भन्दै डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनको घोषणा गरेको छ ।

जनमत पार्टीको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पक्राउ परेका १७ जनाको रिहाईको माग गर्दै आन्दोलनको घोषणा गरेको हो । यस्तै आगजनी गर्नेलाई ४८ घण्टाभित्र पक्राउ गरी सार्वजनिक गर्न पार्टीले अल्टिमेटम दिएको छ ।

यसअघि बाटो निर्माणमा ढिलाइ गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय, जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहालाई अर्धनग्न बनाइ हिलो छ्याप्दै जनमत कार्यकर्ताले ४ कात्तिकमा जनकपुर नगर परिक्रमा गराएका थिए । उक्त घट्नामा संलग्न रहेका १७ जनाबिरुद्ध प्रहरीले अपराध उपद्र मुद्दामा अनुसन्धान शुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?