+
+

डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १९:२६
प्रतीकात्मक तस्वीर

७ कात्तिक, सुर्खेत । डोल्पामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । ठूलीभेरी नगरपालिका–९, भित्तीमा आइतबार भएको जीप दुर्घटनामा परी ९ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुनै बजारबाट त्रिपुरासुन्दरी नगरपालिका–१, सुपानेतर्फ जाँदै गरेको भे १ ज ९७५ नम्बरको जीप स्टेरिङ फेल भई दुर्घटना भएको हो । जीप सडकबाट अन्दाजी १५ मिटर तल खसेको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । सबै घाइतेको जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?