+
+

चीनले हैकमवादको दृढतापूर्वक विरोध गर्छ: सी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १०:५७

८, कात्तिक, काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिङफिङले चीनले दृढतापूर्वक कुनै पनि हैकमवादको विरोध गर्ने बताएका छन् । सीले अमेरिकाको नाम उल्लेख नगरिकनै हैकमवादको विरोध गर्ने टिप्पणी गरेका हुन् ।

चीन राष्ट्रसंघको सदस्य भएको ५० औं वर्षगाँठका अवसरमा बोल्दै राष्ट्रपति सीले आफूहरु हैकमवाद र ‘पावर पोलिटिक्स’ को दृढतापूर्वक विरोध गर्ने बताए । चीनले शान्तिकेन्द्रित स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्ने र न्यायको पक्षमा उभिने समेत उनको भनाइ थियो ।

‘चीनले सधैँ शान्तिका लागि स्वतन्‍त्र परराष्ट्र नीति अललम्बन गर्छ, न्यायको समर्थन गर्छ र दृढतापूर्वक हैकमवाद तथा पावर पोलिटिक्सको विरोध गर्छ’, सीलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

आफ्नो मुलुक ‘शान्तिपूर्ण विकासको मार्गमा अडिग रहने’ पनि सीले बताएका छन् । त्यस्तै, आतंकवाद, जलवायु परिवर्तन, साइबर सुरक्षा तथा जैविक सुरक्षा जस्ता मुद्दालाई सबै मुलुक मिलेर सम्बोधन गर्नुपर्ने पनि उनको भनाइ थियो ।

‘विश्व शासन व्यवस्थालाई थप समावेशी, बहुपक्षीय संयन्त्रलाई थप प्रभावकारी र क्रियाशील क्षेत्रीय सहकार्यबाट मात्रै हामी यी मुद्दासँग जुध्न सक्छौं’, सीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?