+
+

एमालेको १० औं महाधिवेशनबाट ७४ जना महिला केन्द्रीय सदस्य चुनिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १३:११

८ कात्तिक, काठमाडौं । मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् ।

गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ । १० औं महाधिवेशनमा २ सय २५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुँदा ७४ जना महिला निर्वाचित हुने भएपछि एमाले पार्टीको केन्द्रीय कमिटीमा सर्वाधिक महिला सहभागी गराउने पार्टी बन्ने छ ।

एमालेको संशोधित विधानको धारा ६२ (२) मा लेखिएको छ, ‘सबै तहका निर्वाचित कमिटीहरू समावेशी चरित्रका हुनेछन् र तिनमा न्यूनतम ३३ प्रतिशत महिला सदस्य रहनेछन्।’

एमालेको विधानले महिला प्रतिनिधित्वको स्वरूप पनि समावेशी चरित्रको हुनुपर्ने उल्लेख गर्दै न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा भने महिला सदस्य तथा समावेशी सदस्यहरूको स्थान खाली राख्ने व्यवस्था गरेको छ ।

अन्तरिम संविधानमा राज्यका सबै निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि नेपालको संविधान २०७२ ले सहभागिताको निश्चित संख्या तोकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?