+
+

मुजिब र राशिदको घातक बलिङमा अफगानिस्तानको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते ६:३८

काठमाडौं । स्पिनरद्वय मुजिब उर रहेमान र राशिद खानले घातक बलिङ गरेपछि अफगानिस्तानले आईसीसी टी-२० विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ ।

युएईको शारजाँहमा सोमबार भएको एक मात्र खेलमा अफगानिस्तानले स्कटल्याण्डलाई १३० रनले पराजित गरेको हो ।

दुई खेलाडीको स्पिन जादु चलेपछि अफगानिस्तानले दिएको १९१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्ड १०.२ ओभर मात्रै क्रिजमा टिकेर ६० रनमै अलआउट भयो ।

स्कटल्याण्डका जर्ज मुन्सेले २५, क्रिस ग्रेभिसले १२ कप्तान काएल कोट्जरले १० रन बनाउनु बाहेक बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

अफगानिस्तानका मुजिबले ४ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए । राशिद खानले २.२ ओभरमा ९ रन खर्तेर चार विकेट लिए । नभिन उल हकले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा चार विकेट गुमाएर १९० रन बनाएको थियो ।

अफगानिस्तानका लागि नाजिबउल्लाह जद्रानले सर्वाधिम  ५९ रन बनाए । यस्तै रहमानउल्लाह गुर्बाजले ४६,  हज्रातउल्लाह जाजईले ४४ र मोहम्मद शाहजादले २२ रन बनाए । कप्तान मोहमद नाबीले अविजित ११ रन बनाए ।

स्कटल्याण्डका साफ्यन शारिफले दुई तथा जोस डेभि र मार्क वाटले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?