
नेपाली चलचित्र क्षेत्रमा हरेक वर्ष दर्जनौं युवायूवती भित्रन्छन् । यसमध्ये निक्कै कमले मात्र सफलता पाउँछन् । बाँकी केही चलचित्रमा काम गरेपछि हराउँछन् । रंगिन दुनियाँमा आएर नाम र दाम कमाउने सपना धेरैको हुन्छ । अर्कोतिर, निर्माता–निर्देशक पनि कथाको माग भन्दै आफ्नो चलचित्रमा नयाँ–नयाँ अनुहार भित्राउछन् ।
पौष ९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘चुरिफुरी’बाट ३ नयाँ कलाकारहरु भित्रदैछन् । नयाँ कलाकारहरु पुजा पन्त, सोना बज्रचार्य र रिन्जिन गुरुङ यही चलचित्रबाट रंगिन दुनियाँमा भित्रिदैछन् । यो चलचित्रबाट आफ्नो करिअर चम्काउने सोचमा रहेका यी ३ सुन्दरीहरु दर्शकले माया गर्नेमा आशावादी छन् ।
चलचित्रको शिर्ष गीत रिलिज कार्यक्रममा पुगेका यी ३ कलाकारले आफ्नो भूमिकालाई न्याय गर्ने कोशिश गरेको बताए ।
तस्वीरः शंकर गिरी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4