+
+

श्रीमती र छोरी हत्याको आरोपमा धामी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १५:०१

९ कात्तिक, विराटनगर । श्रीमती र छोरीको हत्या आरोपमा प्रहरीले इलाममा एक युवकलाई पक्राउ गरेको  छ ।

इलामको देउमाई नगरपालिका– ५ बारुङका ३३ वर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

मंगलबार बिहान ६ बजे तामाङ घरभित्र धामी बसेका थिए । श्रीमती ३४ वर्षीया सीता तामाङ र छोरी १६ वर्षीया शिक्षा तामाङको झारफुक गर्ने क्रममा घाँटी तथा शरीरको विभिन्न भागमा टोकेका र उनीहरुको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाको जानकारी पाएलगत्तै अस्थायी प्रहरी चौकी गजुरमुखीधामबाट पुगेको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?