+
+

टी-२० विश्वकप : साविक विजेता वेष्ट इण्डिजको लगातार दोस्रो हार

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते १९:५४

९ कात्तिक, काठमाडौं । साविक विजेता वेष्ट इण्डिजले आईसीसी टी-२० विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ । यूएईमा भइरहेको सुपर १२ अन्तर्गत ग्रुप १ को खेलमा मंगलबार दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ८ विकेटले हराएको छ ।

यसअघि पहिलो खेलमा वेष्ट इण्डिज इंग्ल्याण्डसँग पराजित भएको थियो । पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको दक्षिण अफ्रिकाको भने यो पहिलो जित हो । जितसँगै दक्षिण अफ्रिकाले २ खेलबाट २ अंक जोडेको छ । वेष्ट इण्डिज अंकविहीन छ ।

एइडन मारक्रमले अविजित ५१ रन बनाएपछि वेष्ट इण्डिजले दिएको १४४ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । मारक्रमले २६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि मारक्रमले रसी भान डेर डुसेनसँग अविजित ८३ रनको साझेदारी गरे । डुसेनले अविजित ४३ रन जोडे ।

नियमित विकेटकिपर क्वेन्टन डे ककको स्थानमा खेलेका रेजा हेनड्रिक्सले ३९ रन बनाउँदा कप्तान तेम्बा बाभुमा २ रनमा आउट भए । वेष्ट इण्डिजका अखिल हवसेनले १ विकेट लिए ।

त्यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेका वेष्ट इण्डिजले एभिन लेविसको अर्धशतक मद्दतमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो । ओपनर लेविसले ३५ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ५६ रन बनाए । कप्तान काएरन पोलार्डले २६ रन जोडे ।

दक्षिण अफ्रिकाका ड्वाइने प्रेटोरियसले २ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । केशव महारेजले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । किफायती बलिङ गरेका एनरिक नोर्किअले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । यस्तै कागिसो रबाडाले १ विकेट लिँदा ४ ओभरमा २७ रन खर्चिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?