+
+

छठी माताको महिमा झल्कने सिक्का ल्याउन कांग्रेस पर्साको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ९ गते २०:०२

९ कात्तिक, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले छठी माताको महिमा झल्कने सिक्का ल्याउन माग गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र पठाउँदै कांग्रेस पर्साले यस्तो माग गरेको हो ।

कांग्रेस पर्साका सभापति अजय द्विवेदीले मंगलबार प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल मार्फत अर्थमन्त्री शर्मालाई ज्ञापनपत्र पठाएको सचिव श्याम पटेलले जानकारी दिए ।

‘विभिन्न चाडपर्वमा नेपाल राष्ट्र बैंकले पर्वको झझल्को देखिने सिक्का प्रकाशन गर्ने प्रचलन छ । छठ पर्वको अवसरमा पनि छठी माताको महिमा झल्किने सिक्काहरु प्रकाशन गरियोस्,’ ज्ञापनपत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?