+
+

सुडानका प्रधानमन्त्री नजरबन्द मुक्त, कडा सुरक्षाबीच घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १२:३४

१० कात्तिक, काठमाडौं । सैनिक ‘कु’पछि अपदस्त गरिएका सुडानका प्रधानमन्त्री अब्दलाह हामदोक राजधानी खार्तुनस्थित आफ्नो निवास फर्किएका छन् ।

सोमबार सत्तापलट गरेको सेनाले हामदोकलाई कडा सुरक्षाबीच घर फर्किने अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

हामदोकको कार्यालयका अनुसार उनी र उनकी श्रीमतीलाई घर फर्किने अनुमति दिइएको समाचारमा उल्लेख छ । हाल उनी राजधानी खार्तुनस्थित आफ्नो निवासमा कडा सुरक्षासहित बसिरहेको कार्यालयले जनाएको छ ।

सेनाले सत्तापलटपछि हामदोकसहित अन्य वरिष्ठ अधिकारीलाई पक्राउ गरी नजरबन्दमा राखेको थियो । तर अन्तर्राष्ट्रिय समुदायले सेनाको उक्त कदमको निन्दा गरेपछि मंगलबार उनी नजरबन्द मुक्त भएका हुन् ।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समेत हामदोकलाई तत्काल रिहा गर्न भन्दै ‘सत्तापलटको महामारी’विरुद्ध शक्ति राष्ट्रलाई एकजुट भएर लड्न भनेका थिए ।

नजरबन्दमा रहेका अन्य अधिकारी भने सेनाको नियन्त्रणमै छन् । उनीहरुको अवस्था अज्ञात रहेको समाचारमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment