+
+
Shares

आर्यनलाई ड्रग्स मुद्दामा पक्राउ गरेका समीरको साहरुखसँग पुरानो दुश्मनी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १४:०४

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान मुम्बई क्रुज पार्टीमा ड्रग्स सेवन गरेको आरोपमा अक्टुबर २ तारिख पक्राउ परे । उनी अझै पनि आर्थर रोड जेलमा छन् । आर्यनको जमानतका लागि आज मुम्बइको उच्च न्यायलयले फैसला सुनाउने अपेक्षा गरिएको छ ।

साहरुखका छोरा आर्यनलाई ड्रग्सको मुद्दामा पक्राउ गरेका नार्कोटिक्स कन्ट्रोल ब्यूरोका मुम्बई प्रमुख समीर वानखेडे आफै विवादमा फसिरहेका छन् । उनीमाथि, बलिउड सेलिब्रिटीलाई झुटो आरोपमा पक्राउ गरेर पैसा असुली गरेको आरोप समेत लागेको छ । यस्तै, उनी र उनको टिमले आर्यनलाई पक्राउ गरेरपछि साहरुखसँग २५ करोड रकम मागेको आरोप समेत लागेको छ ।

आर्यनलाई पक्राउ गरेर चर्चामा आएका समिरको नायक साहरुख खानसँग यसअगाडि पनि लफडा भैसकेको थियो । १० बर्ष अगाडि समीरले साहरुखलाई कस्टम ड्युटी नभरेको भन्दै करिब १ घन्टा विमानस्थलमा नै रोेकेका थिए । सन् २०१० मा लण्डनबाट फर्किने क्रममा साहरुखसँग यस्ता केही विदेशी सामानहरु थिए, जसको कर लाग्थ्यो । तर, साहरुखले कर नतिरेपछि समीरले उनलाई करिब १ घन्टा विमानस्थलमै रोकेका थिए । सो समय समीर विमानस्थलमा एयरपोर्ट कस्टम अफिसको रुपमा काम गरिरहेका थिए । सोधपुछपछि साहरुखले डेढ लाख रुपैयाँ वुझाएका थिए ।

समीरले नायिका अनुष्का शर्मालाई पनि विमानस्थलमा ११ घन्टासम्म सोधपुछ गरेका थिए । यस्तै, उनले बलिउड सेलिब्रिटीहरु दीपिका पादुकोण, कट्रिना कैफ, मिनिषा लाम्बा, रणवीर कपुर, मीका सिंह, विपाशा बासु, विवेक ओवराय, अनुराग कश्यप, रिया चक्रवर्तीसँग पनि सोधपुछ गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?