+
+

कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकजना गम्भीर घाइते

रासस रासस
२०७८ कात्तिक १० गते १४:४१

१० कात्तिक, कञ्‍चनपुर । बेलौरी नगरपालिका–४ शान्तिनगरका अन्दाजी ५० वर्षीय बलराम राना थारु गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका छन् । च्याउ टिप्न नजिकैको सामुदायिक वन क्षेत्रमा गएका रानालाई गैँडाले आक्रमण गरेको हो ।

गैँडाले आक्रमण गरी गम्भीर घाइते बनाएका राना थारुको बेलौरीस्थित इसान मेमोरियल अस्पतालमा उपचार भइरहको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले गैँडाले रानालाई घाइते बनाएको खबर आएको बताए ।

सत्यतथ्य बुझ्न निमित्त कार्यालय प्रमुख दिनेशकुमार यादवसहितको टोली घटनास्थलतर्फ गएको उनले बताए । राना थारुमाथि गैँडाले गोरखपुर सामुदायिक वनको लामाताल क्षेत्रमा आक्रमण गरेको हो ।

रानाको ढाडमा गहिरो घाउ भएको छ । सामुदायिक वन क्षेत्रमा केही दिनअघिदेखि गैँडा देखापर्दै आएको स्थानीय बासिन्दाको भनाइ छ । यहाँ गैँडाले मानवलाई आक्रमण गरेको घटना भने पहिलो भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment