+
+

टी-२० विश्वकपमा इंग्ल्याण्डको लगातार दोस्रो जित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १९:३२

१० कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा इङ्ल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । बुधबार सुपर १२ अन्तर्गत भएको खेलमा इंग्ल्याण्डले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

इंग्ल्याण्ड र बंगलादेश टी-२० अन्तर्राष्ट्रिय खेलमा पहिलो पटक एक आपसमा खेलेका हुन् । लगातार दोस्रो जितपछि इंग्ल्याण्डले समूह १ मा ४ अंक जोडेर शीर्ष स्थानमा छ । पहिलो खेलमा इंग्ल्याण्डले साविक विजेता वेष्ट इण्डिजलाई पराजित गरेको थियो ।

उता बंगलादेशको भने यो लगातार दोस्रो हार हो । पहिलो चरणमा समूह विजेता बन्दै सुपर १२ मा प्रवेश गरेको बंगलादेश पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो ।

अबुधाबीमा भएको खेलमा बंगलादेशले दिएको १२५ रनको लक्ष्य इंग्ल्याण्ड ३५ बल अगावै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर ज्यासन रोएले ३८ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे । अर्का ओपनर जोस बटलरले १८ रन जोडे ।

डेभिड मालानले २५ बल खेल्दै अविजित १८ रन जोडे । जोनी बेयरस्टोव ८ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ९ विकेट गुमाएर १२४ रन बनाएको थियो । बंगलादेशको लागि मुस्फिकर रहिमले सर्वाधिक २९ रन बनाए । कप्तान महमदुल्लाहले १९ रन जोड्दा नासुम अहमदले अविजित १९ रन बनाए ।

इंग्ल्याण्डका टाएमल मिल्सले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै मोइन अलीले ३ ओभरमा १८ रन तथा लिएम लिभिङस्टोनले ३ ओभरमा १५ रन खर्चेर समान २ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?