+
+

बाल अस्पताल निर्माणका लागि काठमाडौं महानगरको ४ करोड सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ७:०७

११ कात्तिक, काठमाडौँ । बुढानीलकण्ठमा निर्माण हुने बाल अस्पतालका लागि काठमाडौं महानगरपालिकाले चार करोड आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थसँग विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि चार करोड आर्थिक सहयोग गर्ने सम्झौता-पत्रमा हस्ताक्षर गरेको हो ।

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट अध्यक्ष डाक्टर भगवान कोइरालाले सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षरपछि बोल्दै मेयर शाक्यले मुलुक संघीयतामा गैसकेको अवस्थामा स्वास्थ्य सेवाका लागि संघीय राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुनुपर्नेमा जोड दिए ।

उनले महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै चाइल्ड हेल्थ अस्पताल निर्माणका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डाक्टर कोइरालाले नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उदेश्यले अस्पताल निर्माणको अभियानमा जुटेको बताए ।

उनले काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगले काठमाडौँबाट एउटै छनामुनिबाट विशिष्टिकृत सेवा दिने अभियानलाई मूर्तरुप प्रदान गरेको बताए ।

‘काठमाडौँमा हामीले २०० बेडको अस्पताल निर्माणको तयारी गरेका छौँ,’ उनले भने, ‘काठमाडौँ महानगरपालिकाले गरेको सहयोग हाम्रो अभियानका लागि कोशेढुंगा बनेको छ । अब अस्पताल निर्माणको काम द्रुत गतिका साथ अघि बढ्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?