+
+

‘महानायिका’ विवादमा करिश्मा असन्तुष्ट ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १०:५६

बुधबार काठमाडौंको एक तारे होटलमा आयोजना भएको सम्मान कार्यक्रममा नेपाली चलचित्रका चर्चित अनुहारहरु एकसाथ देखिए । नायक भुवन केसी, शिव श्रेष्ठ, सरोज खनाल, नायिका गौरी मल्ल, करिश्मा मानन्धर उक्त कार्यक्रममा उपस्थित थिए । अन्तरराष्ट्रिय कलाकार समाज, इनासले यी पाँच चर्चित कलाकारसँगै संगीतकार शम्भुजित बास्कोटालाई सम्मानित गर्यो ।

तर, कार्यक्रममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धरविच खासै बोलचाल भने भएन ।सम्मानित भैसकेपछि एउटै फ्रेममा अन्तरवार्ता दिन तयार भएका भुवन, करिश्मा, गौरी र शिवले आफूहरुविच कुनै पनि खालको मनमुटाव नभएको बताए ।

तर, नायिका करिश्मा मानन्धरले एकसाथ भेट हुँदा पनि मौन रहनुको कारण मिडिया भएको प्रतिक्रिया दिइन् । करिश्माले केही समय अगाडि चलेको ‘महानायिका’ विवादतर्फ संकेत गर्दै यो कुरा बताएकी थिइन् । उसो भए, यो विवादलाई लिएर करिश्मा असन्तुष्ट हुन् त ? करिश्माले आफू असन्तुष्ट नभएको प्रतिक्रिया दिएपनि उनको हाउभाउले भने ‘महानायिका’ विवाद अनावश्यक रुपमा झिकिएको भन्ने संकेत गरिरहेको थियो ।

करिश्माले कलाकार भैसकेपछि कुन ठाउँमा के बोल्ने भन्ने बिषयमा सोच्नु पर्ने बताइन् । नायक भुवन केसी र शिव श्रेष्ठले ‘महानायिका’ गौरी मल्ल भएको प्रतिक्रिया दिएपछि यो बिषयले खुबै चर्चा पायो । यो बिषयमा भुवन, शिव र गौरीको साथमा बसेर पहिलो पटक करिश्माले प्रतिक्रिया दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?