+
+

भारतको त्रिपुरामा मस्जिद र मुस्लिम समुदायका घर-पसलमा तोडफोड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १६:२७

११ कात्तिक, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण भएको छ । त्रिपुराका मस्जिद, मुस्लिम समुदायका पसल र घरमाथि दक्षिणपन्थी समूहले आक्रमण गरेको टीआरटी वर्ल्डले जनाएको हो ।

मुस्लिम समुदायलाई लक्षित गरी आक्रमण हुन थालेपछि भारतीय सुरक्षाकर्मीले मस्जिदको सुरक्षा गरिरहेको समाचारमा जनाइएको छ । केही दिनअघि बंगलादेशमा हिन्दू समुदायमाथि भएको हिंसात्मक आक्रमणको बदला स्वरुप त्रिपुराका मुस्लिमलाई लक्षित गरी आक्रमण भएको बताइएको छ ।

त्यहाँ कम्तिमा चारवटा मस्जिदमा तोडफोड भएको छ भने मुस्लिम समुदायका केही घर र पसल समेत तोडफोड गरिएको जनाइएको छ ।

अधिकारीहरूले त्रिपुराको उत्तरी क्षेत्रमा अवस्था निकै तनावपूर्ण भएपछि ४ जनाभन्दा मानिस भेला हुन नपाउने बताएका छन् । यसैबीच प्रहरीले सामाजिक सञ्जालमा फैलिइरहेका ‘उक्साहटपूर्ण सन्देश’प्रति सजग हुन आग्रह गरेको छ ।

बंगलादेशसँग ८५० किलोमिटर लामो सीमाना रहेको त्रिपुरामा भारतीय जनता पार्टीको सरकार छ । सन् २०१४ मा हिन्दू राष्ट्रवादी पार्टी सरकारमा आएयता आफूहरुमाथि हमला हुन थालेको मुस्लिम समुदायका अगुवाहरूले बताएका छन् ।

केही दिनअघि मुस्लिम बाहुल्य बंगलादेशमा हिन्दू मन्दिरमाथि एक समूहले आक्रमण गर्दा ७ जनाको मृत्यु भएको थियो । दूर्गापूजाका क्रममा हिन्दू देवताको घुँडामाथि कुरान राखेको फुटेज बाहिरिएपछि दंगा भड्किएको थियो ।

बंगलादेशको प्रहरीले हिन्दूमाथि आक्रमण गरेको आशंकामा झण्डै ५ सय जनालाई पक्राउ गरेको छ । हिन्दू देवताको घुँडामाथि कुरान राखिएको आशंका गरिएका मुस्लिम समुदायका एक व्यक्ति पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?