+
+

घर भत्किएर बिचल्लीमा परेका किरियापुत्रीलाई टेन्ट सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १७:२४

११ कात्तिक, धनगढी । धनगढीमा घर भत्किएर बिचल्लीमा परेका किरियापुत्रीका लागि नेकपा एमाले निकट अनेरास्ववियूले टेन्ट सहयोग गरेको छ ।

धनगढी उपमहानगरपालिका–१३ गेटीमा कच्ची घर भत्किएर त्रिपालमुनि बसेर बुवाको किरियामा बसेका धर्मबहादुर विकको परिवारका लागि अनेरास्ववियूका युवाले टेन्ट गाडिदिएका छन् ।

अनेरास्ववियू कैलालीका अध्यक्ष किशोर शाहले घर भत्किँदा ओत लाग्ने छानो नभएर त्रिपालमुनि बसेर आमाछोराले किरिया गरिरहेको थाहा पाएपछि बिहीबार गेटीमै पुगेर टेन्ट गाडेर पीडित परिवारलाई सहयोग गरिएको बताए । खाद्यान्न, नून, तेल, दाल र तरकारी पनि सहयोग गरेको उनले बताए ।

खुला आकाशमुनि बसेर श्रीमानको काजक्रिया गरिरहेकी ७० वर्षीया वृद्धा धौली विकले युवाहरुले विपद्का बेला टेन्ट र खाद्यान्न लगायतका सामग्री सहयोग गरेर आफ्नो परिवारलाई सहयोग गरेकोमा धन्यवाद दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?