+
+

गुल्मीको २ स्थानीय तहमा एमालेको अधिवेशन हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते २०:२८

११ कात्तिक, गुल्मी । गुल्मीको दुई स्थानीय तहमा नेकपा एमालेको अधिवेशन हुन सकेको छैन । जिल्लाका १२ वटा स्थानीय तहहरुमध्ये धुर्कोट गाउँपालिका र मदाने गाउँपालिकामा नेतृत्वमा दावी धेरैको भएपछि अधिवेशन हुन नसकेको हो ।

एमालेको गाउँ, नगर अधिवेशनका लागि एकै दिन कात्तिक ९ गतेका लागि मिति तोकिएको थियो । तोकिएको मितिमा १० वटा स्थानीय तहमा मात्र अधिवेशन भयो ।

बाँकी रहेका स्थानीय तहमध्ये रेसुङ्गा नगरपालिका बिहीबार मात्रै सहमतिमा नेतृत्व चयन भएको छ । सम्पन्न भएका स्थानीयहरुमा रेसुङ्गा नगरपालिकामा हरि पोखरेल, रुरुक्षेत्र गाउँपालिकाको अध्यक्षमा फर्सुराम ज्ञवाली, छत्रकोट गाउँपालिकाको अध्यक्षमा पिताम्बर अर्याल, कालीगण्डकी गाउँपालिकाको अध्यक्षमा रामजी ढकाल, सत्यवती गाउँपालिकाको अध्यक्षमा भीमलाल पाण्डे चयन भएका छन् ।

त्यस्तै चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा धाचानन्द शर्मा, गुल्मी दरवार गाउँपालिकाको अध्यक्षमा कृष्ण खनाल, मुसीकोट नगरपालिकाको अध्यक्षमा प्रकाश काफ्ले, मालिका गाउँपालिकाको अध्यक्षमा ओम कार्की र इस्मा गाउँपालिकाको अध्यक्षमा राजेन्द्रबिक्रम कुँवर चयन भएका छन् । ९ वटा स्थानीय तहमा सर्वसम्मत र इस्मा गाउँपालिकामा निर्वाचन मार्फत पदाधिकारी चयन भएका हुन् ।

अधिवेशन हुन बाँकी रहेका स्थानीय तहहरुमा नेतृत्वका लागि छलफल जारी रहेको नेकपा एमाले गुल्मीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?