 
																			१२ कात्तिक, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पार्टी नेतृत्व समावेशी हुनुपर्ने माग गरिएको छ । केन्द्रीय सदस्य प्रकाश शाहले केन्द्रीय पदाधिकारी समावेशी हुनुपर्ने माग राखेका हुन् ।
नेपाली कांग्रेस जति पनि एमाले समावेशी बन्न नसकेको उनको भनाइ थियो । ३० सदस्यीय स्थायी कमिटीमा अष्टलक्ष्मी शाक्य एक्लै हुनुले विधानबाटै समावेशी व्यवस्था गर्नुपर्ने शाहले माग गरे । ‘कांग्रेसलाई दक्षिणपन्थी पार्टी भन्छौं । तर कांग्रेसले त समावेशी क्लस्टरबाट पदाधिकारी चयन गर्दैछ,’ शाहले भने ।
पछाडि परेका जाति, लिङ्ग, क्षेत्रलाई माथि उठाउन कांग्रेसले समावेशी व्यवस्थाअनुसार पदाधिकारी चयन गर्न लागेको उनले बताए । ‘दक्षिणपन्थी कांग्रेसले समाजको तस्वीर देखिने गरी नेतृत्व चयन गर्दैछ । अनि हामी त एमालेलाई प्रगतिशील र अग्रगामी भन्छौं,’ शाहले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4