+
+

टी-२० क्रिकेट : वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते २०:०५

१२ कात्तिक, काठमाडौं । साविक विजेता वेस्ट इण्डिजले आईसीसी टी-२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । सुपर १३ अन्तर्गत शुक्रबार भएको खेलमा वेष्ट इण्डिजले बंगलादेशलाई ३ रनले पराजित गरेको हो ।

यसअघि लगातार दुई खेल हारेको वेस्ट इण्डिजले ग्रुप १ मा पहिलो जितपछि ३ खेलमा २ अंक जोडेको छ । लगातार तेस्रो हारपछि बंगलादेश अंकविहीन छ ।

वेस्ट इण्डिजले दिएको १४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १३९ रन मात्र बनाउन सक्यो । जितका लागि बंगलादेशलाई अन्तिम ओभरमा १४ रन आवश्यक थियो । तर आन्द्रे रसेलले बलिङ गरेको उक्त ओभरमा बंगलादेशले १० रन मात्र जोड्न सक्यो ।

बंगलादेशका लिटोन दासले सर्वाधिक ४४ रन बनाए भने कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

वेस्ट इण्डिजका रबि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर, आन्द्रे रसेल र अकिल होसेनले १-१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको थियो । वेस्ट इण्डिजका लागि निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । यस्तै रोस्टन चेसले ३९ रन जोडे । जासन होल्डरले अविजित १५ रन बनाए ।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?