+
+

एमाले अधिवेशन : अर्जुनधारामा ओली निकट उम्मेदवार पराजित

ओली निकट जिल्ला नेता देवेन्द्र दाहाल, प्रेम गिरी, चिन्तन पाठकलगायतले समर्थन गरेका उम्मेदवार लोकनाथ गौतम पराजित भएका हुन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १४:२२
समर्थकका साथमा विजयी उम्मेदवार बलदेव गोम्देन ।

१४ कात्तिक, झापा । झापाको अर्जुनधारा नगरपालिकाको नेकपा एमाले नगर अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट उम्मेदवार पराजित भएका छन् ।

ओली निकट जिल्ला नेता देवेन्द्र दाहाल, प्रेम गिरी, चिन्तन पाठकलगायतले समर्थन गरेका उम्मेदवार लोकनाथ गौतम पराजित भएका हुन् ।

विपक्षी उम्मेदवार बलदेव गोम्देन ११७ मत ल्याउँदै नगर अध्यक्षमा विजयी भए । पहिले माधव नेपाल पक्षमा रहेका गोम्देनले पार्टी विभाजनपछि एमाले नै रोजेका थिए । ओली समर्थित उम्मेवदार गौतमले १०२ मत ल्याए ।

गोम्देन हाल वडा नंं १० का वडाध्यक्ष छन्, गौतम ६ नम्बरका वडाध्यक्ष हुन् ।

उपाध्यक्षमा खगेन्द्र इङ्नामलाई पराजित गर्दै लोकमान श्रेष्ठ विजयी भए । इङ्नामले ७८ मत ल्याउँदा श्रेष्ठले १४१ मत ल्याए ।

उपसचिवमा सरिता भण्डारी विजयी भइन् । कमलादेवी भण्डारीलाई ३० मतअन्तरले पराजित गर्दै सरिता भण्डारी विजयी भएकी हुन् ।

कमलादेवीले ९५ मत ल्याउँदा सरिताले १२५ मत ल्याएकी छन् । सचिवमा यसअघि लवकुश गौतम सर्वसम्मत भइसकेका थिए ।

झापाका १५ स्थानीय तहमध्ये ५ वटामा एमालेको अधिवेशन भइसकेको छ । तीमध्ये अर्जुनधारा र भद्रपुरमा निर्वाचन भयो भने गौरीगञ्ज, दमक र कमल गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?