+
+

झापा र खुमलटार भेट्रान्स फुटबलको उपाधिका लागि भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १८:४१

१४ कात्तिक, काठमाडौं । झापा भेट्रान्स क्लब र एफई खुमलटार भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबलको उपाधिका लागि भिड्ने भएका छन् । आइतबार भएको सेमिफाइनलमा जित हात पार्दै झापा र खुमलटारले फाइनल भिडन्त पक्का गरेका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको पहिलो सेमिफाइनलमा झापाले नेपाल आर्मी भेट्रान्सलाई २–० ले हरायो । झापाका लागि भेषराज लिम्बुले ४७औं र श्याम गोलेले ६०औं मिनेटमा गोल गरे ।

यस्तै दोस्रो सेमिफाइनलमा खुमलटारले एसएनकेसीलाई २–० ले नै हरायो । खुमलटारका लागि खेलको पाँचौं मिनेटमा रितेश खड्का र सातौं मिनेटमा जुमानु राईले गोल गरे ।

फुटबलर्स मिसन टुगेटरले पहिलो पटक आयोजना गरेको भेट्रान्स कपको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?