+
+

केपी ओली बाँचुन्जेल साथ दिन्छु : प्रभु साह

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १६:४७

१५ कात्तिक, चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् ।

एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा उनले ओलीले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने भएकोले आफूले साथ दिने बताए ।

ओलीसँगै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आएका नेता साहले प्रदेश २ मा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने दावी गरे ।

गत निर्वाचनमा एमालेले प्रदेश २ मा सोचेजस्तो नतिजा नल्याएको भन्दै साहले आगामी निर्वाचनमा त्यसको क्षतिपूर्तिसहित निर्वाचन जित्ने बताए । नेता साहले मधेसमा एमालेको पक्षमा लहर आएको पनि दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?