
१५ कात्तिक, काठमाडौं । अपहरण तथा शरीर बन्धक मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको तिलगंगाबाट पक्राउ गरेको छ ।
पर्साको जिराभवानी गाउँपालिका–६ शंकरसरैया घर भएका ५६ वर्षीय प्रयाग चौधरीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त गौशालासँगको समन्वयमा आइतबार पक्राउ गरेको हो ।
चौधरीसहितको समूहले २०६७ फागुन २४ गते भारत बिहारका २० वर्षीय सञ्जयकुमार यादवलाई अपहरण गरी बन्धक बनाएको अभियोग थियो । पर्सा जिल्ला अदालतले उक्त मुद्दामाथि २०७० माघ १० गते फैसला गर्दै चौधरीलाई ९ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।
पक्राउ परेका चौधरीलाई पर्सा जिल्ला अदालतमा बुझाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4