+
+

मुख्य प्रशिक्षक अल्मुताइरीले गरे तीन वर्षे सम्झौतामा हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १७:२४

१६ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी सन् २०२४ सम्म नेपालमा रहने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अलमुताइरीको सम्झौता सन् २०२४ को अन्त्यसम्म थप गरेको जनाएको छ ।

मंगलबार एन्फा केन्द्रीय सदस्य तथा राष्ट्रिय टिमका म्यानेजर मधुसुदन उपाध्यायले मंगलबार अलमुताइरीलाई २०२४ लेखिएको जर्सी प्रदान गरे ।

कतार फुटबल संघको सहयोगमा एन्फाले अलमुताईरीलाई नेपाली फुटबल टिमको मुख्य प्रशिक्षकको रुपमा सम्झौता गरेको हो । ‘मेरो सम्झौता हिजोदेखि शुरु भएको छ र सन् २०२४ को अन्त्यसम्म रहनेछ’ अलमुताइरीले भने ।

गत महिना माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेलअघि प्रिम्याच कन्फरेन्समा अलमुताइरीले आफू नेपाल नफर्कने बताएका थिए ।

तर एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले अलमुताइरीलाई कतारमै गएर भेट गरेपछि कतार फुटबल संघसंग छलफल गरेपछि अलमुताइरी नेपाल आउन सहमत भएका हुन् । उनको तलब कतार फुटबल संघले व्यहोर्नेछ ।

के कुराले तपाईँलाई नेपाल आउन प्रेरित गर्‍यो भन्ने पत्रकारको प्रश्नमा अलमुताइरीले नेपाली जनताको मायाले गर्दा आफू फर्केको बताए । ‘नेपाली जनताको माया सबैभन्दा ठूलो कुरा हो । उनीहरुको मायाले गर्दा आएको हुँ’ उनले भने ।

‘मैले अञ्जन (विष्ट), आयुष (घलान), मनिष (डाँगी) सँगै मेरो टीमका सदस्यहरू किरण (श्रेष्ठ), विकास (मल्ल) सँगै नेपाली समर्थकले मलाई दिएको मायाले गर्दा नाइँ भन्न नसकेर नेपाल फर्किएँ’ अलमुताइरीले मंगलबार पत्रकार सम्मेलनमा भने ।

उनले अब तीन वर्षको योजना बनाएर अघि बढ्ने बताए । अलमुताइरीले अब तीन वर्षका लागि तीन चरणको योजना बनाएको पनि बताए । उनले मंगलबारको पत्रकार सम्मेलनमा पहिलो चरणको योजना पनि सार्वजनिक गरेका छन् ।

‘हामी अब तीन चरणको योजना बनाएर अघि बढ्नेछौं । पहिलो चरण २०२३ को एसियन कपको अन्तिम चरणको छनोट हुनेछ । यसमा हामी नेपालको वरियता सुधार गर्ने लक्ष्य छ’ अलमुताइरीले भने ।

‘दोस्रो चरण २०२६ को विश्वकप छनोटका लागि हुनेछ । सो खेल सन् २०२३ मा सुरु हुनेछ । तेस्रो चरण २०२७ को एसिएन कप छनोटको लागि हुनेछ’ उनले भने ।

अलमुताइरीले नेपाली फुटबलको विकासका लागि खेलाडीलाई मोटिभेट गर्नुपर्ने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?