+
+

हेमराजको निर्देशनमा फिल्म खेल्दै दीपक, केदार र दीपा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १४:३५

चलचित्र ‘छ माया छपक्कै’मा काम गरेपछि नयाँ चलचित्र घोषणा नगरेका कलाकार दीपकराज गिरी र उनको टिमले निर्देशक हेमराज बीसीको निर्देशनमा बन्ने नयाँ चलचित्रमा काम गर्ने भएका छन् । यो चलचित्रलाई रोहित अधिकारीले निर्माण गर्दैछन् । रोहितसँग दीपकले यसअघि चलचित्र ‘छ माया छपक्कै’मा सहकार्य गरेका थिए ।

चलचित्रको कथा पनि हेमराजले नै लेखेका हुन् । दीपकराज र उनको टिमले चलचित्रको कथा मन पराएको बताइएको छ । उनीहरु काम गर्नका लागि मौखिक रुपमा सहमत भएपनि लिखित सम्झौता भने भइसकेको छैन ।

यो चलचित्रमा दीपकराज गिरीको साथमा केदार घिमिरे र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहनेछ । दीपकराज गिरीको टिमले चलचित्र ‘छक्का पन्जा ४’ निर्माण गर्ने तयारी पनि गरिरहेको छ । स्रोतका अनुसार यो चलचित्रको छायांकन ‘छक्का पन्जा ४’को छायांकन अघि वा पछि हुनेछ ।

चलचित्र ‘घामड शेरे’ निर्देशन गरेपछि मौन रहेका हेमराजले दीपकसँग पहिलो पटक सहकार्य गर्न लागेका हुन् । दीपक र निर्माता रोहितको सहकार्यमा बनेको चलचित्र ‘छ माया छपक्कै’ले दुई वर्षअघि सर्वाधिक कमाइको रेकर्ड राखेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?