+
+

महोत्तरीमा छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १८:५१

१६ कात्तिक, जनकपुरधाम। महोत्तरीमा भएको छुट्टाछुट्टै घट्नामा दुई जना बालकको ज्यान गएको छ । एक जना बालकको ढोकाको पलामा चेपिएर तथा अर्काको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्लाको मटिहानी नगरपालिका १ धिरापुरमा बालकको ढोकाको पलामा चेपिएर मृत्यु भएको छ । स्थानीय प्रवोध साहका ९ बर्षीय छोरा आयुष कुमार साहको यसरी मृत्यु भएको हो ।

आमासँग घर सरसफाई गर्ने क्रममा ढोकाको पलामा निजको घाँटी अड्की उनी घाइते भएका थिए । तत्काल उपचारका लागि जिल्ला अस्पताल जलेश्‍वर ल्याउने क्रममा बाटोमै मृत्यु भएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश बिष्टले जानकारी दिए ।

यस्तै बर्दिवास नगरपालिका ५ बस्ने बसन्त रानाका १० वर्षीय छोरा अमनको पोखरीमा डुबेर मृत्यु भएको छ। वडा नम्बर ४ स्थित जोर धारा पोखरीमा साथीहरुसंग पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक बालक आयुषको शवको जिल्ला अस्पताल जलेश्वरमा पोष्टमार्टम गरी आफन्तले बुझिसकेको र अमनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?