+
+

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकासँग बंगलादेश पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १९:१८

१६ कात्तिक, काठमाडौं । विश्वकप क्रिकेटको समूह १२ मा बंगलादेशलाई पराजित गरेपछि दक्षिण अफ्रिकाले सेमिफाइनल यात्रा सहज बनाएको छ ।

८५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । दक्षिण अफ्रिकाको जितमा टेम्बा बभुमाले अविजित ३१, रसे भान डेर डसेनले २२, क्वीन्टन डि ककले १६ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८.२ ओभरमा ८४ रन जोड्दा सबै विकेट गुमाएको थियो । उसका लागि मेहदी हसनले २७, लिटन दासले २४ रन र समिम होसिनले १ रन बनाउनुबाहेक अरु ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । बलिङतर्फ कागिसो रबडा र एन्रिच नोर्जेले समान ३ विकेट तब्राइज साम्सीले २ र ड्वायन प्रेटोरियसले १ विकेट लिए ।

सुपर–१२ चरणको ग्रुप १ मा मंगलबारको खेलपछि बंगलादेश ४ खेलबाट कुनै अंक जोड्न नसकी पुछारमा छ । दक्षिण अफ्रिकाले ४ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । समान ४ खेलबाट ८ अंक जोडेको इंगल्याण्ड शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?