+
+

टी-२० विश्वकप : लगातार चौथो खेल जित्दै पाकिस्तान सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते ६:३४

१७ कात्तिक, काठमाडौं । पाकिस्तानी आईसीसी टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर १२ अन्तर्गत ग्रुप २ को मंगलबार राति भएको खेलमा नामिबियालाई ४५ रनले पराजित गरेपछि पाकिस्तान एक खेल अगावै अन्तिम चारमा पुगेको हो ।

पाकिस्तानले यसअघि भारत, न्युजिल्याण्ड र अफगानिस्तानलाई पराजित गरेको थियो । पाकिस्तान ४ जितपछि ८ अंक जोडेर शीर्ष स्थानमा छ । पाकिस्तानले अब सुपर १२ मा स्कटल्याण्डसँग खेल्न बाँकी छ । सुपर १२ मा नामिबियाको यो दोस्रो हार हो ।

अबुधाबीमा भएको खेलमा पाकिस्तानले दिएको १९० रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा ५ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो । नामिबियाका लागि डेभिड विजाले अविजित रहँदै सर्वाधिक ४३ रन बनाए । क्रेग विलियम्सले ४० रन जोडे ।

पाकिस्तानका हसन अली, इमाद वासिम, हारिस राउफ र शदाब खानले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले कप्तान आबर अजाम र विकेटकिपर मोहम्मद रिजवानको अर्धशतक मद्दतमा दुई विकेट गुमाएर १८९ रन बनाएको थियो । रिजवानले ५० बल खेल्दै ८ चौका र ४ छक्का मद्दतमा अविजित ७९ रन बनाए ।

यस्तै बाबरले ४९ बल खेल्दै ७ चौका मद्दतमा ७० रन जोडे । पहिलो विकेटका लागि यी दुईले ११३ रनको साझेदारी गरेका थिए । यस्तै मोहम्मद हाफिजले १६ बल खेल्दै ५ चौका मद्दतमा अविजित ३२ रन जोडे । नामिबियाका डेभिड विजा र जान फ्राइलिंकले समान एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?