+
+

चेल्सी नकआउट चरण नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते ११:०८

काठमाडौं । माल्मोविरुद्ध १-० को कठिन जितपछि साविक विजेता चेल्सी युरोपियन च्याम्पियन्स लिगको नकआउट चरण नजिक पुगेको छ ।

समूह एच अन्तर्गत मंगलबार राति भएको खेलमा चेल्सीलाई जित दिलाउन हाकिम जियचले एक मात्र गोल गरे । उनले ५६औं मिनेटमा कलुम हडसन ओडँइको पासमा गोल गरेका थिए ।

जितपछि चेल्सीले चार खेलबाट ९ अंक जोडेको छ र दोस्रो स्थानमा छ । १२ अंक जोडेको युभेन्ट्स नकआउट चरणमा छनोट भइसकेको छ । चेल्सीलाई अब अन्तिम १६ मा पुग्न १ अंक मात्र आवश्यक छ ।

लगातार चार हारपछि अंकविहीन रहेको माल्मो भने समूह चरणबाटै बाहिरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?