+
+

सिटीको सहज जित, पीएसजी बराबरीमा रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते ७:२०

काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले युरोपियन च्याम्पियन्स लिगमा क्लब ब्रुगमाथि सहज जित हात पार्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) भने बराबरीमा रोकिएको छ ।

समूह ए अन्तर्गत बुधबार राति  भएको खेल सिटीले बेल्जियन क्लब ब्रुगलाई ४-१ ले हरायो । सिटीका लागि फिल फोडेन, रियाद महारेज, रहिम स्ट्रलिङ र गाब्रीएल जेससले गोल गरे ।

सिटीकै जोन स्टोन्सले ब्रुगका लागि एक आत्मघाती गोल उपहार दिए ।

जितपछि चार खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा उक्लेको सिटी नकआउट चरण नजिक पुगेको छ । ब्रुग चार खेलबाट चार अंकसहित तेस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा पीएसजीले जर्मन क्लब आरबी लाइपजिगसँग दुई-दुई को बराबरी खेलेको छ ।

इन्जुरी टाइममा गोल खाएपछि पीएसजीले अंक बाँड्नुपरेको थियो ।

खेलको आठौं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइपजिगलाई अग्रता दिलाएका थिए । तर जर्जिनियो वाइनाल्डमले २१औं र ३९औं मिनेटमा लगातार गोल गरेपछि पीएसजीले २-१ को अग्रता बनायो ।

पीएजसी जिततर्फ अग्रसर भइरहेको बेला इन्जुरी टाइममा लाइपजिगले पेनाल्टी प्राप्त गर्‍यो । त्यसमा डोमिनिक सोबोजलाईले गोल गर्दै खेल बराबरी गरे ।

बराबरीपछि पीएसजी ८ अंकसहित दोस्रो स्थानमा छ । लाइपजिग एक अंकसहित चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?